इटहरीः कोरोना भाइरसको महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दै आएको जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा यथावत राख्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णय अनुसार साउन ३० गतेदेखि ३२ गते मध्यराति १२ः०० सम्म यथावत राखिएको केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा अवधिमा हाटबजार, सभासम्मेलनजस्ता जमघटजन्य गतिविधि गर्न पाइने छैन । राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरु भने यात्रुहरुको सुविधाका लागि बिहान ०८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म खोल्न दिइने प्रशासनले जनाएको छ ।

धरान उपमहानगरपालिका क्षेत्रमा भने संक्रमण दर बढी रहेकाले तरकारी तथा फलफूल व्यवसाय बिहान ०९ः०० बजेसम्म र अन्य पसल बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मात्र सञ्चालन गर्न दिइने प्रशासनले प्रष्ट पारेको छ ।

jjd jjd2