इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिका १ का ६३ वर्षीय बरमबहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागी घाइते भई उपचारको लागि घोपा धरान लगेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका राईको घर कोठाभित्र आज प्रहरी टोली खटी गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुकसमेत बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।