इटहरीः नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टले मिलनचोक, इटहरीमा नेपालकै सबैभन्दा ठूलो आउटलेटको श्रावण ३० गते उद्घाटन हुँदैछ ।

ओ टु ओ (अनलाइन टु अफलाइन) सुबिधा सहित इटहरीमा साथीमार्टको देशकै ठूलो आउटलेट सुरु भएको हो । करिब ३ करोड रुपैयाँ लागतमा सञ्चालित शाखामा साथीमार्टको प्रदेश नम्बर १ को क्षेत्रीय कार्यालय तथा गोदाम (वितरण केन्द्र) समेत रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलले बताए । इटहरीको फुलबारी लाइनस्थित मिलन चोकमा खुलेको मार्टको आउटलेट वयरहाउससहित पाँच हजार वर्गफिट रहेको बताइएको छ । फेन्चाइज नभई साथीमार्ट इनकर्पोरेट प्रा लि को पूर्ण स्वामित्वमा रहने नयाँ आउटलेटमा करिब तीस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ । मार्टमा ग्राहकले ३५ प्रतिशत सम्मको छुट, फल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहने बताइएको छ । स्टोर पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने नेपालकै पहिलो मार्ट हुने पोख्रेलको दाबी छ । साथै ग्राहकलाई पिक अप सम्मको सुविधा प्रदान गर्ने पोख्रेल बताउँछन् । साथै ग्राहकहरुका लागि एन आइ सी एसिया बैंकबाट समान खरिद गर्दा २०% सम्मको छुटका साथै स्पिन द व्हीलबाट उपहार जित्ने मौका रहेको र ग्राहकको लागि फोटो कन्टेस्ट रहेको जस्बाट सामाजिक सञ्जालमा थप मनोरन्जन बढाउन सफल हुने साथीमार्ट प्रशासनले जनाएको छ । त्यसका साथै यस आर्थिक वर्षभित्र फ्रेन्चाइजबाहेक साथीमार्टकै लगानीमा नेपालका विभिन्न शहरमा १० वटा आउटलेट खोलिने पोख्रेलले बताए ।