इटहरीः नेपालको बुढो बैँकको रुपमा रहेको नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

हालै सार्वजनिक गरिएको परिस्कृत विवरण अनुसार बैंकको खुद नाफा ३ अर्ब नाघेको छ भने वितरण योग्य मुनाफा मात्रै करिब साढे ३ अर्ब छ । असार मसान्तसम्ममा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैँकले खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा गर्न सफल हुँदा अघिल्लो आर्थिक वर्षमा भन्दा राम्रो नाफा कमाएको छ । बैंकले यो आर्थिक वर्षमा गरेको मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४० प्रतिशत छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.९८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १९.०१ प्रतिशत बढेको छ भने बैंकको सञ्चालन मुनाफा २८.३५ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकका प्रतिशेयर आम्दानी ३ रुपैयाँबाट बढेर २४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ । गत आर्थिक वर्षमा बैंकले १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने गत आर्थिक वर्षमा बंैंकको निक्षेप १४.९९ प्रतिशतले बढेको छ । सोही समयमा कर्जा लगानी ३०.२३ प्रतिशत बढेको छ । नेपाल बैंकको शेयर कारोबार भने पछिल्लो एक वर्षलाई हेर्ने हो भने २ सय ७२ रुपैयाँदेखि उच्चतम ५ सय ८ रुपैयाँ सम्मको कारोबार भएको छ ।