इटहरीः कोसी राजमार्गअन्तर्गत मोरङको विराटनगर महानगरपालिका ३ मा गाडीबाट हामफाल्दा गएराति एक जना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का २२ वर्षीय युवराज खतिवडा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ गइरहेको गरेको को २ च २७४२ नम्बरको बोलेरो गाडीबाट हामफाल्दा गम्भीर घाइते भएका खतिवडालाई उपचारार्थ विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएकोमा राति ८ः२० बजे उनको ज्यान गएको हो ।

बोलेरो चालक भोजपुरको पौवादुम्बा गाउँपालिका–२ का २५ वर्षीय कृष्ण कार्कीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ओर्लने क्रममा लापरबाही गर्दा खतिवडाको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।