इटहरीः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली योङ इन्टरप्रेन्युर फोरम (एनवाइएफ) सुनसरी शाखाले गरेको रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको छ ।

इटहरीको सेन्ट्रल प्लाजामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६७ जनाले स्वतःफुर्त रगत दिएको संस्थाका जिल्ला अध्यक्ष कुमुद निरौलाले जानकारी दिए । कोरोना महामारीको समयमा रगत अभाव भएको भन्दै एनवाईएफ देशभरका ७७ वटै जिल्लामा एक साथ रक्तदान कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए । यहाँबाट संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा रहेको ब्लड बैंकमा पठाइएको छ ।