इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराहन्न १ बजेका लागि आह्वान गरिएको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।