इटहरीः जंगली हात्तीको आक्रमणमा परी सुनसरीको कोशी गाउँपालिका ४ मा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ५५ वर्षीय रामेखङ्ग खत्वे रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका उनको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो ।
बिहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर ज्यान लिएको एसपी राईले बताए । मृतक खत्वेको शव पोस्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ ।