इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयबाट परीक्षा दिने तयारीमा रहेका परीक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

खोप वितरणका लागि चार ओटा खोप केन्द्र निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विद्यार्थीहरुल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी, राधास्वामी केन्द्र वसुन्धारा र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट खोप लिन सक्नेछन् ।

त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायका स्नातक तथा स्नातकोत्तर तहमा परीक्षा जारी रहेको अवस्थामा सरकारले खोप उपलब्ध गराउने निर्णय गरेपछि विद्यार्थीलाई राहत पुग्ने भएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले खोप उपलब्ध गराउने निर्णय सकारात्मक भएको भन्दै सबै विद्यार्थीसम्म खोप पुर्याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।