इटहरीः नेपाल राष्ट्र बैंकले ग्लोबल टेन्डरमार्फत् भारतका विभिन्न कम्पनीसँग हुने कारोबारलाई सहज हुनेगरी विदेशि मुद्रामै कारोबार गर्न सकिने गरी नियम परिमार्जन गरेको छ ।
विशेष गरी नेपाल साल्ट टे«डिङ्ग कर्पोरेसन, राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेड, कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत् मल, बिउ तथा अन्य सामग्रीको खरिद गर्दा नेपालका बैंक तथा वित्तीय संस्थामार्फत् हुने कारोबारमा विदेशी मुद्रामा भुत्तानी गर्ने व्यवस्था थिएन । उक्त विद्यमान व्यवस्थालाई ंसंशाोधन गर्दै राष्ट्र बैंकले बुधबारबाट ती ंसंस्थानहरुले विदेशी मुद्रामै भुक्तानी गर्नेगरी प्रतितपत्र सार्वजनिक गर्न सक्ने अधिकार दिएको छ । विशेषगरी क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकहरुलाई यस्तो प्रकारको कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको छ भने टेन्डर खोल्ने सरकारी संस्थानहरुले यी बैँकमार्फत् भुक्तानी गर्न सक्नेछन् ।
संशोधित व्यवस्था अनुरुप विभिन्न निकाय, आयोजना, परियोजना तथा अन्य संगठित निकायहरूले आफूलाई आवश्यक पर्ने वस्तु तथा सेवाहरू ग्लोवल टेन्डरमार्फत् भारतबाट आयात गर्दा प्रचलित व्यवस्थाहरूअन्तर्गत रही परिवत्र्य विदेशी मुद्रामा समेत भुक्तानी गर्न सक्नेछन् । कृषि सामग्री कम्पनी लिमिटेड वा राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत् स्वीकृत गरेको बोलपत्रबाट मल, बिउ आयात गर्दा तेस्रो मुलुकमै निर्मित भई तेस्रो मुलुकबाटै सिपमेन्ट हुने अवस्थामा ग्लोबल टेन्डर पर्ने भारतीय फर्म कम्पनीको नाममा पनि विद्यमान व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्नेगरी प्रतितपत्र खोल्न सकिनेछ ।