इटहरीः सुनसरीको इटहरीबाट सञ्चालित भई प्रदेश १ मा नै व्यवस्थापन विषयमा अग्रणी स्थानमा हरेको स्कुल हो प्रीमियर होटल स्कुल । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित इटहरी रंगशालाको प्रवेशद्वारमा यो स्कुल सञ्चालनमा रहेको छ ।

स्कुलका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुनिल भुसालका अनुसार यस स्कुलले ‘सुगा रटाइ’ पद्धतिको पठनपाठनभन्दा व्यावहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ । विगत ६ वर्षदेखि ‘होटल म्यानेजमेन्ट’ विषयमा उत्कृष्ट विद्यार्थी उत्पादन र शैक्षणिक सिकाइमा प्रिमियर स्कुल लागिरहेको सीईओ भुसालको भनाइ छ । गत वर्षदेखि व्यवस्थापन विषयमा विद्यार्थीको आकर्षणलाई ध्यान दिएर व्यवस्थापनका अन्य विषयहरु प्नि प्रीमियर स्कुलले सञ्चालनमा ल्याएको छ । ‘प्रीमियर होटलले विगत ६ वर्षदेखि होटल म्यानेजमेन्टका विभिन्न खालका कोर्सहरु (पाठ्यक्रम) सञ्चालन गर्दै आइरहेको छ’, सीईओ भुसालले भने, ‘बेसिकल्ली (सामान्यतया) छोटो अवधि (३८० घण्टादेखि १ वर्षको) कुकिङ हुँदै ६ महिनाका होटल म्यानेटमेन्टका डिप्लोमा कोर्सहरु सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) र अन्तराष्ट्रिय विश्वविद्यालयको सहकार्यमा सञ्चालित छ ।’

premier_hotel_school

 

यस्तै, गत वर्षदेखि प्रीमियर ग्लोबल स्कुल सञ्चालन गरेर व्यवस्थापन विषयकै कक्षा ११ मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडिजका कक्षाहरु सञ्चालन गरेको सीईओ भुसालले जानकारी दिए । ती कक्षाहरु कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाले प्रभावित भएको उनको भनाइ छ । तर, चार महिना भौतिक उपस्थितिमा भएका कक्षाहरुबाट विद्यार्थीले धेरै क्रियाकलापमा सहभागी हुन पाएकाले उनीहरुलाई सैद्धान्तिकसँगै व्यावहारिक र प्रयोगात्मक सिकाइमा पनि अहम टेवा पुगेको सीईओ भुसालले बताए । ‘उनीहरुलाई छोटै समयमा भए पनि ५० वटाभन्दा बढी एक्टिभिटिहरु (प्रयोगात्मक क्रियाकलाप)मा सहभागी गराउन सक्यौँ’, सीईओ भुसालले भने, ‘विभिन्न खालका वर्कसपहरु, इन्साइट सेमिनारहरु, एक्सपर्टहरु ल्याएर सिकाउने काम गर्यौँ । जुन म्यानेजमेन्टका विद्याथीहरुलाई पढाइ मात्र होइन, त्यो सँगसँगै अतिरिक्त क्रियाकलापहरु चाहिने हुनाले त्यो खालको क्रियाकलापहरु गरायौँ । अहिले शैक्षिक प्रमाणपत्र हातमा भएकाहरु पनि आवश्यक सीपको अभावका कारण बेरोजगार र बजारमा चाहिएको उत्कृष्ट जनशक्तिको अभाव हुनुको मुख्य कारण नै सैद्धान्तिक सिकाइमा मात्र जोड दिइएको उनको भनाइ छ ।

premier_hotel_school5

कोरोना महामारीको समयमा अन्य विद्यालयहरुको पठनपाठन प्रभावित भएपनि प्रीमियर स्कुलले भने कोरोना महामारीको प्रभावलाई अवसरको रुपमा प्रयोग गर्दै विद्यार्थीको क्षमता विकासमा विशेष कक्षा सञ्चालन गरेको थियो । ‘जुन बेलाचाहिँ विद्यार्थीहरु यहाँ आउन सक्नुभएन, हामीले भर्चुअल माध्यमबाट विभिन्न प्रतियोगितहरु गराउने, अन्तर्राष्ट्रिय स्तरका विषयगत एक्सपर्टहरु(विषयविज्ञ) ल्याएर क्लास गर्नेजस्ता फरक खालका कुराहरु हामीले विद्यार्थीलाई दिएका छौँ’, सीईओ भुसालले भने, ‘त्यो अरु कलेज भन्दा पक्कै पनि राम्रो छ ।’ प्रीमियर स्कुलले विद्याथीहरुलाई आफ्नो विषयसँगै अन्य विषयका कक्षा र प्रयोगात्मक क्रियाकलापहरुमा पनि समावेस गर्ने गरेको छ । जसले विद्यार्थीहरुमा कुनै एक विषयको मात्र ज्ञान सीप नभएर अन्य विषयको बारेमा जान्न र सिक्ने अवसर पाउने बुझाइ सीईओ भुसालको छ । ‘थोरै विद्यार्थी राखेर बिहानको समयमा पढाउने बाँकी समयमा उनीहरुलाई एडिसनल (थप कुराहरु) सिकाउने गरेका छौँ’, सीईओ भुसालले भने, ‘जस्तो हामीले बिजनेस स्टडिजको विद्यार्थीलाई कफी बनाउन सिकाउने गरेका छौँ । हामीले क्रस लर्निङलाई विशेष जोड दिएका छौँ । बिजनेस स्टडिजका विद्यार्थीलाई होटल म्यानेजमेन्टको अतिरिक्त क्रियाकलापमा सहभागी गराउने र होटल म्यानेजमेन्टका विद्यार्थीलाई बिजनेसकोमा सहभागी गराउने गरेका छौँ ।’

premier_hotel_school2 1

 

यस्ता क्रियाकलापले विद्यार्थीहरुले व्यवस्थापन गर्दा आवश्यक पर्ने ज्ञान र सीप पर्याप्त मात्रामा पाउने सीईओ भुसालले बताए । यसरी भएको शैक्षिक सिकाइबाट विद्यार्थीहरु बजारमा जाँदा अन्य ठाउँका विद्यार्थीसँग प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न सक्ने उनको विश्वास छ । र, अहिले यहाँबाट उत्पादन भएका विद्यार्थीहरुले अन्यको भन्दा उत्कृष्ट प्रस्तुति दिइरहेको पनि उनले बताएका छन् । यस्तै, यहाँ रहेका शिक्षक पनि अन्य कलेजका भन्दा अब्बल रहेका उनी सुनाउँछन् । धेरै वर्ष सम्बन्धित विषयमा शिक्षण गरिरहेका र सम्बन्धित क्षेत्रमा काम गरिरहेका शिक्षकले यहाँ पठनपाठन गर्ने गरेका छन् । यहाँको सञ्चालक समिति पनि सम्बन्धित विषयमा धेरै वर्षको अनुभव भएकाहरु रहेकाले थप स्कुलको शैक्षिक गतिविधि प्रभावकारी भएको सीईओ भुसाल सुनाउँछन् । ‘हामी सबै म्यानेजमेन्ट पढेर आएका, म्यानेजमेन्टका विज्ञहरुले चलाएको कलेज हो’, सीईओ भुसालले भने, ‘हामीले भर्खरै पास गरेको, मास्टर्स डिग्री (स्नातकोत्तर तह) पास गरेर पढाउँदै गरेका शिक्षकलाई भन्दा लामो समयदेखि सम्बन्धित विषयमा पढाउँदै गरेको, उच्च ज्ञान भएको शिक्षकलाई राखेका छौँ ।’

premier_hotel_school4

सीईओ भुसालको कुरामा ऐक्यबद्धता जनाउँदै स्कुलका प्रिन्सिपल सुवास लुइँटेलले लामो समय यसै क्षेत्रमा काम गरेर, बैंक तथा वित्तीय क्षेत्रमा काम गरिरहेका, चार्टर एकाउन्टेन्ट पढेर काम गरिरहेका र होटलमा लामो सयमदेखि काम गरिरहेका शिक्षकहरुले पठनपाठन गराइरहेको उनले जानकारी दिए । जसले गर्दा विद्यार्थीहरुमा भोलि यो विषय पढेर कहाँ र कसरी काम गर्ने भन्ने जानकारी हुने उनको भनाइ छ । ‘हाम्रा विद्यार्थीले भोलि पढिसकेर जाने प्रोफेसन के के हुन् ? र ती प्रोफेसनमा जाँदा पूर्वतयारी के के गर्नुपर्छ भनेर सम्पूर्ण ज्ञान हामी प्रदान गर्छौँ’, प्रीन्सिपल लुइँटेलले भने, ‘त्यति मात्र होइन, हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरुसँग विद्यार्थीलाई जोड्छौँ ।’

premier_hotel_school6