धरान: सुनसरीको धरानस्थित घण्टाघरको पुर्वपट्टि रहेको भुपेन्द्र परालीको घरमा आगलागी भएको छ ।

साँझ करिब ७ः३० बजे भएको आगलागीबाट २ वटा कपडा पसल जलेर पूर्ण रुपमा क्षति भएको र अन्यको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगलागीले कपिला श्रेष्ठ र शशीकला श्रेष्ठको रेडिमेड फेन्सी पसलमा धेरै क्षति पुगेको हो । हाल आगलागी नियन्त्रणमा आइसकेको छ ।

dfr3

धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको हो । इलाका प्रहरी कार्यालयले के कति कारणले आगलागी भएको भन्ने प्रष्ट भई नसकेको र कति वटा पसलमा क्षति भएको भन्ने पनि खुल्न बाँकी रहेको जनाएको छ ।

 

dfr2 dfr7 dfr6 dfr5 dfr4 dfr1 dfr8 dfr10.