इटहरीः मोरङको लेटाङ नगरपालिका ९ बुढौली चौकबाट प्रतिबन्धित औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ ८ का २४ वर्षीय पदमबहादुर राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो बेलुका ५ः३० बजे अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधि २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।