धरानः सुनसरीको धरान १८ स्थित एमसी क्याफेमा एइजिज ब्याण्डले एक कार्यक्रम आयोजना गर्दै बचाइदेउ नामक म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले ल्यापटपमा क्लिक गर्दै ब्याण्डको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतको म्युजिक भिडियो ब्याण्डको आफ्नै युट्युब च्यानल एइजिज ब्याण्डबाट पनि सार्वजनिक भइसकेको छ । एइजिज ब्याण्डमा को अर्डिनेटर एवं भोकलिष्ट मनकुमार लिम्बू रहेका छन् भने लिड गिटारिस्ट सन्तोष लिम्बू, ड्रमर प्रमोद लिम्बू, बेस गिटारिस्ट मनुहाङ राई र म्यानेजर तथा एरेञ्जर आइमन राई रहेका छन् । ब्याण्डको यो पहिलो आफ्नै गीत र म्युजिक भिडियो हो । थप २ वटा गीतको म्युजिक भिडियो तयारी भइरहेको भोकलिस्ट मनकुमारले जानकारी दिए ।