इटहरीः थ्रीस्टार हाइड्रोपार कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्नको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले कुल १२ लाख ३१ हजार २ सय ५० कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको सो बोर्डले जनाएको छ । खोटाङ्ग जिल्लाको साप्सु खोलास्थित छोरम्बु बतासेमा विद्युत उत्पादनको लागि प्लान्ट निर्माण गरिरहेको थ्री स्टार हाइड्रोपावर कम्पनीले प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि भन्दै १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि शेयर निष्कासन हुनेछ भने पहिलो चरणमा प्रभावित स्थानीयका लागि धितोपत्र निष्कासन गरिन्छ । धितोपत्र निष्कासनका लागि थ्री स्टारले हिमालयन क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । परियोजनाले खोटाङ्गको साप्सु खोलाबाट ७ दशमलव १५१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।