इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीकै वराहक्षेत्र नगरपालिका ७ घर भएकी ७० वर्षीया ज्येष्ठ नागरिक महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । साउन १९ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएकी महिलाको आज बिहान ६ः०० बजे उपचारका क्रममा ज्यान गएको हो । मृतक महिलामा हाइपर्टेन्सन नामक मानसिक समस्याका साथै फोक्सोको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।