इटहरीः मैलुङ्ग खोला जलविद्युत कम्पनीले खुलाएको साधारण शेयरको बाँडफाँट मङ्गलबार बिहान भएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले मङ्गलबार आफ्नै कार्यालयमा कम्पनीको शेयर बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६८ हजार ४ सय ७४ जनाले दश कित्ताका दरले शेयर पाएका छन् भाग्यमानी ६ जनाले १ कित्ता थप पाउनेछन् । बाँकी आवेदकको हात खाली भएको छ । कम्पनीको शेयर परे नपरेको थाहा पाउन केही समय पर्खिनुपर्ने भएको छ ।