इटहरीः सुनसरीको कोशी गाउँपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको निर्माणाधीन घरको दोस्रो तल्लाको सिढीको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा घर निर्माणमा संलग्न एक जना मिस्त्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा नगरपालिका १० जल्पापुरका ३७ वर्षीय ईशादिल अन्सारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज दिउँसो १ः०० बजे भएको सो घटनामा देवानगंज गाउँपालिका ३ का २४ वर्षीय मो.सतार अन्सारीसमेत घाइते भई सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचाररत रहको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकरी दिए । उनका अनुसार घटनास्थलमा इलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।