इटहरीः केन्द्रीय बैंकले आफ्नो कर्मचारी संरक्षण कोषमा रहेको १ अर्ब २६ करोड रुपैयाँ एक वर्षका लागि मुद्धति खातामा लगानी गर्ने भएको छ ।
बैंकले आइतबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संथालाई बोलकबोलमार्फत् कति ब्याजमा लगानी उठाउन सक्ने हो त्यसको विवरण गोप्य सिलबन्दी बोलकबोलमार्फत नेपाल राष्ट्र बैंकमा बुझाउन भनेको छ । केन्द्रीय बैंकले आफ्नो कर्मचारीको पेन्सन, उपदान कोषमा रहेको रकमलाई राष्ट्रिय स्तरका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दामासाही हिसाबले लगानीको अवसर दिएको छ । बैंकले वाणिज्य बैंकलाई १ अर्ब ८० लाख रुपैयाँ, ख वर्गका विकास बैंकहरुलाई १८ करोड ९० लाख रुपैयाँ तथा ग वर्गका वित्तीय संस्थाहरुलाई ६ करोड ३० लाख रुपैयाँ लगानी गर्ने मापदण्ड बनाएको बताएको छ ।
राष्ट्र बैंकले दिने उत्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले आफूले चाहेको रकम र दिन सक्ने ब्याजसहित यही साउन महिनाको २६ गतेसम्म केन्द्रीय बैँकमा पुग्नेगरी बोलकबोल गर्नुपर्नेछ । न्युनतम पुँजी कोष पूरा गरेका र कम्तिमा २ वर्षदेखि सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा ब्याज भुक्तानी गर्नेगरी आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।