इटहरीः गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७५ ७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
इन्स्योरेन्स कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र त्यो बोनस शेयरको कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीको साधारणसभा र बीमा समितिले पास गर्नुपर्छ । सो भएपश्चात् लगानीकर्ताको खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६ सय रुपैयाँ चक्ता पुँजी रहेको कम्पनीको साढे ५ प्रतिशत लाभांश शेयर वितवरणपश्चात् चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ बराबर हुने बताइएको छ ।