धरानः धरानमा ५५ वर्ष र सोभन्दा माथिका नागरिकहरुलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आज धरानका २ स्थानमा खोप केन्द्र तोकिएको छ । धरान वडा नं. ८ स्थित सभागृह र वडा नं. १ छाता चौकस्थित पुरानो अस्पतालमा खोप केन्द्र रहेको छ । ५५ वर्ष र सोभन्दा माथिका नागरिकहरुलाई साउन ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन धरानमा सात वटा खोप केन्द्रहरु सञ्चालन गरिएको थियो ।

20210808-170432_p0(1)

 

उक्त खोप लगाउनबाट बञ्चित भएका ५५ वर्ष र सोभन्दा माथिका नागरिकहरुलाई तोकिएको खोप केन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइने व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । यस्तै, स्वास्थ्य महाशाखाले गत वर्ष फागुन ४ देखि चैत्र ४ गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकाको लागि खोपको दोश्रोे मात्रा अब केही दिनभित्र नै सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।