बेलबारीः मोरङको बेलबारीमा लकडाउन एक हप्ता लम्बिएको छ ।
कोरोनाको सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोकथाम नगरस्तरीय बैठकले लकडाउन एक हप्ता थप गरेको हो । १९ गतेदेखि २५ गतेसम्म गरिएको लकडाउनलाई आज बसेको कोरोना रोकथाम नगरस्तरीय बैठकले साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग पसल कलरकारखाना, निजी तथा सरकारी कार्यालयहरु, र बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
लकडाउनको पालना गर्न गराउनसमेत नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ । बेलबारीमा सक्रिय संक्रमितको सख्या ६ सय ७४ रहेको छ भने २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार पीसीआर परीक्षण गरिएकामध्ये ४८ प्रतिशतमा संक्रमण देखिने गरेको छ । लकडाउनपछि भने संक्रमण केही घटेको विश्वकर्माले बताए ।