इटहरीः नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको बैठक सम्पन्न भएको छ ।

समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न नौ ओटा निर्णय गरेको महासचिव विवेक गौतमले जानकारी दिए । उनका अनुसार बैठकले कोरोना संक्रमणका कारण ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संक्रमित पत्रकारहरुको स्वास्थ्यलाभको कामना गरेको छ । यसका साथै महामारीका समयमा जोखिमका बाबजुद कार्य क्षेत्रमा खटिने पत्रकारको पारिश्रमिक सहज रुपमा दिलाउन सहजीकरण गर्ने, स्वरोजगारमूलक मिडियाको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराउने, विपतमा परेका पत्रकारलाई सहयोग गर्न एक करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्नेजस्ता निर्णय गर्दै बैठक सम्पन्न भएको महासचिव गौतमले जानकारी दिए ।

fnj province1 release.