इटहरीः नुवाकोट जिल्लामा हाइड्रो पावरको प्रोजेक्ट रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण शेयर साउन महिनाको ३२ गतेबाट निष्कासन हुने भएको छ । 

बुद्धभूमिले बिक्री खुल्ला गर्न लागेको यो शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सँस्थापक शेयरधनीहरुको लागि हो । अङ्कित मुल्य १०० रुपैयाँ प्रतिकित्ता हुनेगरी कम्पनीले ४ लाख कित्ता शेयर नुवाकोट जिल्लाका स्थानीयवासीका नाममा बिक्री गर्न लागेको हो । बुद्धभूमिको आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक, सिभिल बैंकका नुवाकोटस्थित शाखाहरुबाट र सि आश्वामा आबद्ध बैंक तथा वित्तीय संस्थाबाट सहजै आवेदन दिन सकिन्छ ।

सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको बुद्धभूमि नेपालको आईपीओमा स्थानीय बासिन्दाले न्युनतम १० कित्तादेखि ५० हजार कित्तासम्म शेयर माग गरी आवेदन दिन सक्नेछन् ।
बुद्धभूमिको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्युयर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । डबल बी माइनस भन्नाले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ ।