इटहरीः एउटा कम्पनीको साधारण शेयर निष्कासनको आवेदनलाई लिएर चर्चामा आएका दुई जना सरकारी निकायका हाकिमलाई जागिर जोगाउन हम्मेहम्मे पर्न लागेको छ ।

 सर्वोत्तम सिमेन्टको साधारण शेयर निष्कासनका लागि अनुमति दिने क्रममा नियामक निकाय भनिएका हाकिमहरुले चलाखी गरेको आशंका गरिएपछि तानिएको लहरो पहरो झरुन्जेलसम्मै तानिने हो कि भन्ने जोखिम हाकिमहरुलाई छ भने बजारले चाहिँ सत्यतथ्य बाहिर आए भोलिका दिनमा सजग हुन सकिन्छ कि भन्ने आशा गर्न थालेको छ । अघिल्लो हप्ता मात्र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्खानालाई सर्वाेत्तम सिमेन्टसँग जोडिएका विषयमा के कसो भएको हो, स्पष्ट खुल्नेगरी जवाफ मागेको अर्थ मन्त्रालयले अहिले आफ्नो लौरो नेपाल स्टक एक्चेन्जतिर तेर्साएपछि एक थरी विष्लेशकहरुले हाकिमहरुको उठिबास लाग्ने आँकलन गर्न थालेका छन् । ढुङ्खानाले सर्वोत्तम सिमेन्ट कम्पनीलाई प्रिमियमसहित थप गरेर प्रतिकित्ता ठूलो रकम आउनेगरी साधारण शेयर बिक्री गर्न ग्रिन सिग्नल दिएका थिए भने त्यसबापत सर्वोत्तमको १ हजार कित्ता शेयर आफ्नो बनाएको बताइँदै आएको छ । उक्त शेयर अध्यक्ष पुत्रीको नाममा रहेको ढुङ्गानाले नै बताएका छन् । ढुङ्गानाले उक्त भित्री रहस्य बताइरहँदा कुरा त्यहाँभन्दा कति गहिराइको छ भनेर त्यत्तिकै आँकलन गर्न सकिन्छ ।

download (3)

 

फेरि, बिहीबार मात्र अर्थ मन्त्रालयले नेपाल स्टक एक्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि पत्र काटेर सर्वोत्तम सिमेन्टको नाममा भएको सम्पूर्ण शेयर कारोबारको विवरण मागेसँगै हाकिमहरुको बिचल्ली हुने निश्चितप्रायः भएको छ । सर्वोत्तम सिमेन्टले कहिले शेयर निष्कासनको आवेदन दिएको र कहिले कारोबार सम्पन्न भएको भन्ने सम्पूर्ण विवरण ३ दिनभित्र पठाउन नेपाल स्टक एक्चेन्जका नाममा अर्थ मन्त्रालयले काटेको पत्रमा भनिएको छ । पत्रमा सर्वोत्तम सिमेन्टसँग भएका सम्पूर्ण ओटिसि कारोबारको विवरण पनि पठाउन भनिएको छ । ओटिसि कारोबार भन्नाले ओभर द काउन्टर अर्थात् शेयर बजारमा सूचीकृत नभएका शेयरको विवरण भन्ने जनाउँछ । बुक बिल्डिङ्ख पद्वतिबाट शेयर निष्कासन गर्ने भन्दै सर्वोत्तमले बजारबाट ठूलो मूल्य असुल्ने लक्ष्यसहित ठूलाबडालाई आफ्नो प्रभावमा पारेर निष्कासनको अनुमति लिन खोजेको भन्ने समाचार सञ्चार माध्यममा आएपछि धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्चेन्जका कार्यकारी निर्देशक र व्यावसायी चन्द्र ढकाल पहिलो निशानासहित छानबिनको घेरामा रहेका छन् भने बजारलाई प्रभावित पार्न सर्वोत्तमले नियामक निकायका प्रमुखसँगै बजारका निर्माता, मर्चेन्ट बैंकर, धितोपत्र दलाल कम्पनीका सञ्चालक, लगानीकर्ताका नेता समेतलाई प्रभावित पार्नेगरी सबैलाई शेयरको प्राथमिक निष्कासनअघि नै शेयर दिएको आरोप लाग्दै आइरहेको छ ।

2N1mu8e2QPWAm4TgzWvbLk5sAjq7JCiJlOobhgxB