इटहरीः झापाको झापा गाउँपालिका २ झापा बजारका ३५ वर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ ।

हिजो बिहान ९ः०० बजे सोही स्थानका विकास अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढली किचिएर गम्भीर घाइते भएका सिंहको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउसो २ः०० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आइरहेका थिए । घटनाको बारेमा इलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।