काठमाडौँः नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार वरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् ।

प्रोस्टेट ठूलो भएका, मृगौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोगसम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्रि ओपीडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ । नर्भिकले गत सातादेखि प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिबार डा.द्वयले बिहान १०ः०० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपीडी सेवा दिनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतिलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक शनिबारको निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ । यसअघिको शनिबार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपीडी सेवा दिएका थिए । उनीहरुको निःशुल्क ओपीडी सेवामा बिरामीहरुको थामिनसक्नु भीड लागेको थियो । नर्भिक अस्पतालका सीईओ अजयकुमार मिश्रले प्रत्येक शनिबार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।