इटहरीः महिलामाथि दुव्र्यवहार गरेको आरोपमा मोरङको विराटनगरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतो रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार राति ११ः४५ बजेतिर अर्काको घरमा छिरेर महिलामाथि दुव्र्यवहार गरेको सूचनाका आधारमा अभियुक्त महतोलाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त महतोलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रंहरीले जनाएको छ ।