झुटको दुनियाँ रहेछ
सत्य त केवल
रामनाम मात्रै रहेछ ।

चास्नीको पाक्लाई
सम्झन्छ खाटी मह,
भन्नेले ठिकै भने क्यार !
मनको बह, कसैलाई नकह ।

बाहिरी चकाचौंधलाई मात्र
संसार मान्दो रहेछ,
भित्री सत्तालाई केवल
दुक्काको संज्ञा दिँदोरहेछ,
अनि
ठान्दो रहेछ,
निरस एउटा
तासको पत्ती ।

गोबर र बिष्टालाई
चिन्न सक्दो रहेनछ,
भित्री आँखा बन्द राखेर
कसले झुटोे साँचो,
खुट्याउन सक्छ र ?

अनि,
मानिस,
दिग्भ्रमित हुँदै बुझ पचाउँदो रहेछ ।
कमल हिलोमा फुल्छ
भनी पटकपटक
बिर्सँदो रहेछ ।

– इनरुवा– ६ सुनसरी