गोठगाउँः मितेरी बैंक तथा नेपाल कम्प्युटर सेन्टरले संयुक्त रूपमा आयोजना गरेको मितेरी एनसीसी क्वीज प्रतियोगितामा मोरङको विराटचोकमा रहेको स्कलर्स होम पहिलो भएको छ ।

प्रतिष्पर्धी अन्य ६ वटा विद्यालयलाई पछि पार्दै स्कलर्स होम पहिलो भएको हो । प्रतियोगितामा गोठगाउँको ज्ञानज्योति इङ्लिस स्कुल दोस्रो र इटहरीको ब्लुमिङ लोटस स्कुल तेस्रो भए । प्रतियोगितामा मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरीका गरी ७ वटा विद्यालय सहभागी भएको कार्यक्रम संयोजक खगेन्द्र घिमिरेले बताए ।

विजयी स्कुललाई शिल्ड तथा सहभागी विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्कीले यस्ता प्रतियोगिताले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने बताए । नेपाल कम्प्युटर सेन्टरका सञ्चालक शम्भु राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी टोमबहादुर श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए ।

प्रतियोगितामा अच्युत पोखरेल र इन्द्र कार्की निर्णायक रहेका थिए । पुष्कर सुवेदीले सहभागीका लागि प्रश्न तयार पारेको आयोजकले जनाएको छ ।

दशैंको शुभकामना आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम पहिलो पटक गरिएको र हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिइने राईले बताए ।

दशैंको अवसर पारी फूलपातीको दिन ३५ वर्षभन्दा माथिको समूहका लागि हाजिरीजवाफ प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

ncc quize (2) ncc quize (5) ncc quize (3) ncc quize (7) ncc quize (4) ncc quize (6)