धरानः तेह्रथुमका कमल अधिकारी शुक्रबार गाडीबाट धरानमा ओर्लिँदा पिसाब लागेर हैरान थिए । उनी गाडीबाट हतारहतार ओर्लेर धरानको भानुचोकैमा रहेको सार्वजनिक शौचालयमा छिरे । पुरुष शौचालयमा छिरेर शौच गरेपछि मात्रै अधिकारीले थाहा पाए शौचालयमा धारा छ, पानी छैन ।

उनले शौच गरेपछि पनि पाइन्ट लाएरै बाहिर आए अनि मात्रै थाहा पाए पानी त बाहिरबाट ल्याउनुपर्छ । रित्तो प्लास्टिकको जगमा पानी लिन बाहिर आए उनी । पानी उघाएर भित्र लगे । तर, भित्र आफूले शौच गरेको कोठामा अर्को मान्छे पसिसकेछ । बाँकी कोठा पनि खाली थिएनन् ।

drn sauchalaya  (4) 1

मानिस भरिएका शौचालयका कोठाबाहिर बल्लबल्ल कुरेर ३ मिनेटपछि मात्रै अधिकारीले पालो पाए । अनि ५ मिनेटअगाडि शौच गरेका उनले बल्ल सफा हुन पाए । सार्वजनिक शौचालयमा पहिलोपटक यस्तो पीडित अनुभव बोकेको अधिकारीले बताए । त्यो क्षणको अनुभव सुनाउँदै उनले भने, ‘यस्तो शहरमा भएको सार्वजनिक शौचालयमा धारा हुनु तर पानी नहुनु दुःखद हो । यसमा सरोकारवालाले ध्यान दिनुपर्छ ।’

आफूजस्ता सामान्य मान्छेलाई मात्रै होइन अपाङ्गतामैत्री भनिएको शौचालयको कोठा समेत बन्द भएको अधिकारीले बताए । उनले भने, ‘महिला शौचालयतिर कस्तो छ थाहा भएर तर पुरुषतर्फको अपाङ्गतामैत्री कोठा बन्द छ । अरु कोठाको पनि धारामा पानी नै आउँदैन ।’

drn sauchalaya  (1) drn sauchalaya  (2)