इटहरीः इटहरीको वडा नम्बर ४ ले गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३ सय १० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नोबेल अस्पताल विराटनगरका ११ जना विशेषज्ञ डाक्टरसहित २१ जनाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले उद्घाटन गरेको स्वास्थ्य शिविरमा छाला, हाडजोर्नी, नसा, दाँत, स्त्रीरोग, मुटु, बालरोग, मानसिक रोग, नाक, कान, घाँटी लगायतको परीक्षण गरिएको वडा कार्यालयले जनाएको छ ।

भिडियो एक्सरे, इको, इसिजी र रगतको १६ प्रकारको परीक्षण समेत निःशुल्क गरिएको बताइएको छ । वडाध्यक्ष चन्द्र भट्टराईले वडाले वर्षमा २ पटक स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने बताए ।

स्वास्थ्य शिविरको उद्घाटनका अवसरमा बुद्ध गुम्बा टोल विकास समिति अन्तर्गतको सडक निर्माण गर्ने भीम पौडेल र नोबेल अस्पतालका व्यवस्थापक नारायण दाहाललाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

4 wada  (1)

4 wada  (3)