बनियानीः गरिमा विकास बैंकको बनियानी शाखाले झापाको कचनकबलमा रहेको लक्ष्मी माविमा अध्ययनरत २ सय १५ जना विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई ब्याग वितरण गरिएको बैंकका क्षेत्रीय प्रबन्धक मीनप्रसाद सुवेदीले बताए । विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद वसन्त बानिया, क्षेत्रीय प्रबन्धक सुवेदी, शाखा प्रबन्धक अङ्कितराज उपाध्यायलगायतले ब्याग वितरण गरेका थिए ।

बनियानी शाखा प्रबन्धक उपाध्यायका अनुसार बालकक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर लम्जेलले दाताको यस्तो सहयोगले विद्यार्थीमा पढ्ने वातावरणको सिर्जना हुने र पढाइमा थप उत्साह थपिने बताए ।

garima bag bitaran (2) garima bag bitaran (3) garima bag bitaran (4)