इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका १ घर भएका ६६ वर्षीय तिलक वान्तवा राई रहेका छन् । कात्तिक २१ गते गरिएकोे पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भई उपचारार्र्थ सुनसरीकाृे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भई सफल उपचारपछि घर फर्किएका राईको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि पाँच दिनअघि उपचारार्थ विराटमा भर्ना भएका उनको भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा आज बिहान ४ः३० बजे उपचारका क्रममा राईको ज्यान गएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए ।
मृतक राईले २०४९ सालमा तत्कालीन पथरी गाउँ विकास समितिको अध्यक्षका रुपमा निर्वाचित भएको काम गरेका थिए । साथै उनले पञ्चायत माध्यमिक विद्याँलयको व्यवस्थापन समिति अध्यक्षका रुपमा पनि काम गरेको पारिवारिक स्रोतले बताएको छ । मृतक राईका दुई छोरा, चार छोरी र श्रीमति रहेका छन् । उनको निधनमा शोक व्यक्त गर्दै पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको नगरपालिकाका मेयर दीलिपकूमार राईले बताए ।