धरानः धरान १६ मा रहेको युएन नवोदय कलेजले प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै छात्रा स्मृति रोका मगरलाई सम्मान गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा ११ को वार्षिक परीक्षामा होटल म्यानेजमेन्टतर्फ उनले उत्कृष्ट नतिजा ल्याएको कलेजले जनाएको छ । एसइईमा ए प्लस ग्रेड ल्याउन सफल छात्रा मगर अहिले युएनमा कक्षा १२ मा अध्ययनरत छिन् । उनलाई कलेजको आगामी वार्षिकोत्सवमा ५ हजार रुपैयाँसहित ‘बेस्ट स्टुडेन्ट अफ द इयर’को अवार्डले सम्मान गरिने कलेजका प्राचार्य डम्बरकुमार तुम्बापोले बताए ।

म्यानेजमेन्ट सङ्कायतर्फ कलेजकै उत्कृष्ट छात्राहरू वर्षा सुनुवार र डम्बरकुमारी गुरुङ तथा दोस्रो हुने प्रीति खड्का र स्नेहा श्रेष्ठलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । उनीहरूलाई कलेजका निर्देशक ज्ञानेश्वर झा, प्राचार्य तुम्बापो, होटल म्यानेजमेन्टका कोअर्डिनेटर गगन श्रेष्ठलगायतका शिक्षक शिक्षिकाहरूले सम्मान गरेका थिए । कार्यक्रम शिक्षक सुमन बास्कोटाले सञ्चालन गरेका थिए ।