दुहबीः सुनसरीको दुहबी– ५ स्थित सरस्वती माविमा लायन्स क्लब अफ विराटनगरको आयोजना तथा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको सहयोगमा शनिबार निःशुल्क मोतियाबिन्दु शिविर सम्पन्न भएको छ ।
शिविरको सह–आयोजकमा दुहबीको ५ नम्बर वडा कार्यालय र मारवाडी महिला मञ्च दुहबी रहेका थिए । मोतियाबिन्दुको अप्रेसनका लागि मोतियाबिन्दुका रोगीहरूको पहिचान गर्न लागि शिविर आयोजना गरिएको लायन्स क्लब अफ विराटनगरका अध्यक्ष सुभाष अग्रवालले बताए ।
शिविरमा दुहबी नगरपालिकालगायत गढी गाउँपालिका र बुढीगङ्गा गाउँपालिकाका गरी १ सय ७४ जनाले आँखा जाँच गराएका थिए । तीमध्ये ४० जनालाई अप्रेसनका लागि सिफारिश गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार बाँकी बिरामीलाई सामान्य औषधि र सल्लाह दिइएको थियो ।