इटहरीः चालीसको दशकबाट नेपाली कवितामा उदाएका कविद्वय बद्री भिखारी र प्रकाश बुढाथोकी मोरङको मधुमल्लामा सुनिएका छन् । मिक्लाजुङ साहित्य समाजले आयोजना गरेको कार्यक्रममा शनिबार दिउँसो कवि भिखारी र बुढाथोकीले आफ्ना आधा दर्जन कविता सुनाएका थिए । भिखारीले छ्या काठमाडौ, ऐना, तिमीले राम्रो भनेपछि, नागरिकता आदि शीर्षकका कविता सुनाएर माहोल तताएका थिए ।

कुनै सार्वजनिक कृति ननिकालेका कवि बुढाथोकीले काठमाडौं, आशावादी र निराशावादी आदि शीर्षकका कविता सुनाएर स्रोता र दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । झापा, मोरङ, सुनसरी अनि इलामका स्रष्टाहरू उपस्थित कार्यक्रममा दर्जनौँ कवि, लेखक, पत्रकार, साहित्यकार आदिको उपस्थिति थियो ।

सिर्जना अनावरण शीर्षकको शनिबारको सो साहित्यिक कार्यक्रम पाँचाँै साहित्यिक शृङ्खला भएको आयोजक मिक्लाजुङ साहित्य समाजका गगन योक्पाङदेनले बताए ।

poetry 1