विराटचोकः नेपाल मजदुर किसान उत्थान समाज सुन्दरहरैंचालगायतका अन्य संस्थाको आयोजनामा शनिबार मोरङको सुन्दरहरैंचा–७, गोठगाउँमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् ।

सो समाजका साथै सलकपुर सङ्गीत साधना सामुदायिक कला केन्द्र (सलकपुर), प्रसून बचत तथा ऋण सहकारी संस्था ठडिया र वाइएसएस नेपाल र परिवर्तन पोलिक्लिनिक प्रालि गोठगाउँको आयोजनामा कार्यक्रम भएको थियो । नेपाल रेडक्रस सोसाइटी मोरङको समन्वयमा रक्तदान कार्यक्रम भएको समाजका अध्यक्ष राजेन्द्र रिजालले बताए ।

सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

goth gau raktadab (1) goth gau raktadab (7)