खोटाङः खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाकै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुईपा दम्कुका १ सय ३ वर्षीय छबिलाल नेपालीलाई सम्मान गरेको हो ।
नगरपालिकाभरीकै ज्येष्ठ नागरिकको रुपमा नेपालीलाई सुस्वास्थ्य एवम् दिर्घायूको कामना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख प्रशासकिय अधिकृत टेकनाथ दाहाल, वडाध्यक्ष दिनेश राई लगायतले दोसल्ला ओढाएर नगद २० हजार सहित सम्मान–पत्र प्रदान गरेका छन ।
बिहिबार नगरप्रमुख दिपनारयण रिजाल सहितको टोली नेपालीको निवास बुईपा दम्कु पुगेर नेपालीकै निवासमा सम्मान गरेका थिए । सम्मान पत्र प्रदान गदैँ दिपनारयण रिजालले भने, अघिल्लो बर्षमा जेष्ठ नागरिकहरुलाई हुलचियर , पोसाक बितरण ,फलफल बितरण र स्वास्थ्य शिबिर गरेर कार्यक्रम गदैँ आएका थिईम, यसपालि कोरोना भाईरस कोभिड १९ को कारणले औपचारीक कार्यक्रम नगरी नगरपालिका भित्रको सबै भन्दा जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेर १ सय ३ बर्षीय छबिलाल नेपालीलाई सम्मान गरिएको रिजालले बताए ।
बिक्रम संबत १९७५ साल बैसाख १५ गते जन्मिएका छबिलाल नेपालीको शारीरिक रुपमा अझै सम्म स्वास्थ्य रहनुभएको छ । नेपालीले आँखा राम्रो सँग देख्न सक्नु हुन्छ भने काँन चै अलिक काम सुन्ने र अलिक कम बोल्ने भएपनि नेपालीको शारिरिक रुपमा कुनै पनि घातक रोग नभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले बताइन ।
नेपालीलाई केही समय अगाडी वडा कार्यालय बुईपाले पनि खादा ओढाएर सम्मान गरेको थियो भने सय वर्ष नाघेका छबिलाललाई सामाजिक सुरक्षा भत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडाध्यक्ष दिनेश राईले बताए ।
यता छबिलालले भने बृद्धाभत्ता पनि वडा कार्यालयले घरमा नै ल्याएर प्रदान गरिदिन्छ आज नगरपालिकाले पनि घरमा आएर यति ठूलो मूल्यको सम्मान प्रदान गरिरहदाँ स्थानीय सरकारको अनुभुती भएको छ ।
छबिलालका भाई गणेश नेपालीले भने नगरपालिकाले कुनै पनि जाती वा पार्टी नभनी नगरभरीका जेष्ठ नागरिकको सूचिनिकालेर दाईलाई नगत २० हजार र सम्मान पत्रले सम्मान गरेको छ ,पहिला दलित समुदायलाई अन्य जातिले छुवाछुत र बिभेद् गर्ने गरिथ्यो आज सबै जातीका मानिसहरु आएर सम्मान गरिरहदाँ हामीपनि अन्य जाती सरह भएको अनुभुति भएको छ ।