इनरुवाः सुनसरीको कोशी गाउँपालिकाले विपन्न, दलित तथा जनजाति परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिने कार्यक्रम ल्याएको छ ।
चालु आर्थिक वर्षमा ५ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए ।
अध्यक्ष अन्सारीका अनुसार सीमासँग जोडिएको र विपन्न समुदायको बसोबास रहेकाले ५ सय परिवारलाई यस्तो सहुलियत दिन लागिएको हो ।
गाउँपालिका उपाध्यक्ष अनिता यादवका अनुसार सो कार्यक्रमका लागि १२ लाख ५० हजार रुपैयाँ बजेटसमेत विनियोजन भएको छ ।