भोलि बिहान १२ः४५ मा युरोपकै प्रतिष्ठित फूटबल प्रतियोगिता यूरोपियन च्याम्पियन्स लिगको फाइनल हुँदैछ । कोरोना महामारीका कारण २ महिना पछि धकेलिएको फूटबल प्रतियोगिता सन २०१९ र २० को सिजनको अन्तिम खेल पनि भएकाले विश्वभरका फूटबल समर्थकको ध्यान लेस्बनमा छ, जहाँ युरोपका २ महारथी पियसजी र बार्यन म्यूनिख भिड्दैछन। पियसजीले प्री क्वाटरमा जर्मन क्लब डर्ट्मुन्डलाई ३-२ क्वाटरमा इटालियन क्लब एटलान्टालाई २-१ र सेमिफाइनलमा जर्मन क्लब लेइप्जिगलाई ३-० ले हराउँदै फाइनल सम्मको यात्रा तय गरेको हो भने बार्येनले प्री क्वाटरमा चेल्सीलाई ७-१, क्वाटरमा बार्सिलोनालाई ८-२ र सेमिफाइनलमा लियोनलाई ३-० ले हराउँदै फाइनल प्रवेश गरेको हो।

पियसजीबाट ब्राजिलियन सुपरस्टार नेयमार,फ्रान्सेली सुपरस्टार तथा सन २०१८ का वर्ल्ड कप बिजेता म्बाप्पे,अर्जेन्टिनी स्टार एन्जल डि मारिया,इकार्डी,चुपो मुटिङ जस्ता विस्वस्तरिय स्ट्राइकर छन् त्यस्तै ब्राजिलियन स्टार डिफेन्डर थियागो सिल्भा,स्पेनका बर्नाट,फ्रान्सका किम्बेम्पे,केहर मिडफिल्डरमा ब्राजिलियन स्टार मार्क्यूनिस,इटालिएन स्टार भेराट्टी, स्पेनका हेररेरा साथै विस्वकै उत्कृष्ट मध्ये १ गोल रक्षक किलर नाभास खेल्दैछन् । बार्यनबाट पोल्यान्डका स्ट्राईकर लेवन्डोस्की,जर्मनका थोमस मुलर,ज्यान्ब्री,क्रोसियाका पेरिसिक,फ्रान्सका कोमन जस्ता विश्व उत्कृष्ट स्ट्राइकर खेल्दैछन।त्यस्तै गरि ब्राजिलियन स्टार कौटिन्हो,स्पेनिस मिडफिल्डर थियागो,गोरेट्जाका,अल्बा,क्यानाडियन योङ्ग स्टार अल्फोन्सो डेभिस,जर्मन डिफेन्डर,किम्मिच,बोएटिङ,अल्बाजस्ता स्टार छन् ।  यसरी दुबै टिमको खेल र खेलाडी हेर्दा अत्यन्तै प्रतिस्पर्धा हुने निश्चित छ।

118149432_232475804722796_7678439826148885785_n
पियसजीको सम्भावना
पियसजी फ्रान्सको नम्बर १ फूटबल क्लव हो । सन २०१२र १३ देखि १ सिजन बाहेक लगातार फ्रान्सको ब् डिभिजन लिग जितिरहेकोछ। खेलाडीको लागि पैसाको खोला बगाउने क्लबमा अहिले यो १ नम्बरमा पर्छ। विस्वकै महङ्गो खेलाडी नेयमार र म्बाप्पेको फर्वाड लाईन अहिलेसम्म विस्वकै धारिलो लाइन हो जस्ले जस्तोसुकै डेफेन्स पनि ध्वस्त गर्न सक्छ। अहिलेसम्म च्याम्पियन्स लिगको उपाधी जित्न नसकेको पियसजी यो पटक नयाँ इतिहास बनाउन चाहान्छ भने पछिल्लो केहि समय
देखि महत्त्वपूर्ण खेल भन्दा अगाडी नै घाइते भैरहने समस्याबाट गुज्रिरहेका नेयमार यो पटक पूर्ण फिट मात्र छैनन् टिमलाई यहाँसम्म ल्याउन उत्कृष्ट खेल पनि पस्किरहेकाछन । नेयमार यो पटक जसरी पनि यो उपाधी जितेर आफ्ना आलोचकको मुख टाल्न चाहान्छन र रोनाल्डो र मेसि पछिको खेलाडी आफुनै भएको संदेश दिन चाहन्छ्न।
हुन त बार्येन पनि कम्जोर टिम भने होइन बार्सिलोना जस्तो टिमलाई ८-२ ले हराउँदा धेरैको आकलन यो छ कि यो पटक च्याम्पियन्स लिग जित्छ तर बार्सिलोना अहिले इतिहासकै कठिन समयमा छ र कम्जोर पनि भएकाले स्वभाबिक पनि हो भन्नेको मत पनि उतिनै छ। बार्सिलोनापछी लियोनसंगको खेल ३(० ले हराउँदा त्यति शक्तिशाली होइन भन्ने कुरापनि प्रमाणीत भैसकेको छ। समग्रमा हेर्दा पियसजीको डिफेन्सिभ लाईन थियागो सिल्भाको नेतृत्वमा भएकाले बार्येनको भन्दा अलि मजबुत छ र नेयमार,म्बाप्पे,इकार्डी र डिमारिया जस्ता सुपर फास्ट स्ट्राइकरहरु पनि भएकाले बार्येनलाई गोल रोक्न हम्मे हम्मे पर्ने देखिन्छ।