इटहरी: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित महिलाको निधन भएको छ ।
मोरङको विराटनगर तीनपैनी घर भएकी ५० बर्षीय महिलालाई विराटनगरको न्युरो हस्पिटलबाट रिफर भई वीपी प्रतिष्ठान ल्याइएको बेला उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ४, ५ दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरोले प्रतिष्ठान रिफर गरेको जनाएको थियो ।

उनलाई हिजो शनिबार राती साढे ११ बजे प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक महिलालाई फोक्सोको समस्या, थैरोइडको समस्या र मुटुको उपचार दिल्लीमा भइरहेको पनि जानकारी प्राप्त भएको डा.सापकोटाले बताए ।