इटहरीः इटहरी क्षेत्रको एक मात्र सरकारी स्वामित्वको ईटहरी अस्पतालको सेवा स्तरोन्नति र सुदृढीकरणका लागि १ नं प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष एक टोली डेलिगेशन गएको छ ।
प्रदेश सासद लिलम वस्नेतको नेतृत्वको समूहले मन्त्री घिमिरेलाई भेटेर इटहरी अस्पतालको स्तरोन्नति र सुदृढीकरणका लागि लिखित अनुरोध गरेको अस्पतालका ईमर्जेन्सी ईन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
कोरोना संक्रमणको अहिलेको अवस्थामा समेत ईटहरी अस्पतालले कोभिड १९ को टेष्ट, फिभर क्लिनिक संचालन, क्वारेन्टाइन व्यवस्थापन,२४ घण्टा ईमर्जेन्सी र डेलिभरि सेवा लगायत स्वास्थ्य विमा सेवाहरु निरन्तर दिई रहेकोमा अस्पताललाई थप स्तरोन्नति गर्न आवश्यक देखिएकोले आगामी आव २०७७÷७८ को वजेटमा अस्पतालको विकासलाई समेट्न अनुरोध गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले वताए ।
उक्त डेलिषेशनमा प्रदेश सरकारले गत आवमा सहयोग गरेकै कारण अस्पतालले सेवा ग्राहिको विश्वास जितिरहेको अस्पताल संचालक समितिका अध्यक्ष भुपेन्द्र वरालले वताएका थिए । सामाजिक विकास मन्त्रालयमै भएको अस्पताल समूहसँगको भेटघाटमा ईटहरी अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने मन्त्री घिमिरेले वताएको ईमर्जेन्सी ईन्चार्ज धमलाले जानकारी दिए।
उक्त डेलिगेशन टिममा प्रदेश सासद लिलम वस्नेत, अस्पताल सचालक समिति अध्यक्ष भुपेन्द्र वराल, संचालक समिति सदस्य संजिव खड्का, अस्पतालको निमित्त सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्मा र ईमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाको सहभागीता रहेको थियो ।




















