इटहरीः भोजपुरको हतुवागढी गाँउपालिका वडा नम्बर ६ का कोरोना संक्रमित युवा आएको इटहरी १० स्थित फुपुका घरका सदस्यसहित ७ जनाको र्यापिड टेष्ट गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ ।
ती युवा फुपुको घरमा चैत्र ५ गते २ घण्टा जति बसेर फर्किएको पुष्टि भएपछि उनको प्रत्यक्ष सम्पर्कमा आएका फुपुको परिवारका सदस्य र अन्य केही गरि ७ जनाको टेष्ट गरिएको हो । उनिहरुको ईटहरी अस्पतालबाट निर्मल कुमार चौधरी नेतृत्वको प्राविधिक टिमले र्यापिड टेष्ट गर्दा नतिजा नेगेटिभ आएको अस्पातलका ईमर्जेन्सी प्रमुख रामकुमार धमलाले बताए ।
र्यापिड टेष्ट गरिएका ७ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरि स्वास्थ्य परीक्षण पछि घरै पठाएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले जानकारी दिएकी छन् । उनिहरुमा ढिलो गरि संक्रमण पनि देखिन सक्ने भएकाले उनिहरुको उच्च निगरानी गरिने उपमेयर गौतमले बताइन् । ७ जनाको आवश्यकता अनुसार थप स्वास्थ्य परीक्षण गरिने गौतमले जानकारी दिएकी छन् ।
ती युवाको ट्राभल्स हिस्ट्री अनुसार निगरानी र ट्रेसिङ भई रहेकोले त्रसिद नहुन उनले नगरवासीलाई अनुरोध पनि गरिएको छ ।
धमलाका अनुसार आजसम्म ईटहरी अस्पतालबाट जम्मा २१६ जनाको र्यापिड टेष्ट सम्पन्न गरिसकिएको छ । सबैको रिर्पोट नेगेटिभ नै रहेको छ ।