भगवान आफै बनेको होइन
तिमिले बनाएको हो उस्लाई भगवान ।

अबिर चढाएर
फुल बर्साएर
धुप, दिप नैवेध टक्राएर
तिमिले बनाएको हो ढुंगालाई भगवान ।।


तिमिले कहिल्यै सोधेनौ
उस्लाई ढुंगामा बस्न रहर छ कि छैन
उस्लाई करोडौं नामहरु मञ्जुर छ कि छैन
उस्लाई सधै अदृश्य भएर बाच्ने मन छ कि छैन
नसोधि नसोधि जर्वजस्ति,
तिमिले बनाएको हो उस्लाई भगवान ।।

उस्लाई दुख पोख्ने स्वतन्त्रता छैन
उस्को नसिवको छुट्टै विधाता छैन
यो कलियुगमा पिडा र स्वार्थ मात्र भोगाउने
भक्त छ, तर उ संगको नाता छैन ।
ढोगि ढोगि जर्वजस्ति
तिमिले चलाएको हो उस्को बरदान
धुप, दिप नैवेध टक्राएर
तिमिले बनाएको हो ढुंगालाई भगवान ।।