कोरोना कहरले
सन्त्रस्त छ संसार 
र यसलाई परास्त गर्न 
मेरो सरकार दत्तचित्त छ
तिमी विश्वास गर्दैनौ
तर यो त यथार्थ हो
के तिमी देखिरहेका छैनौ
मन्त्रीहरूको दौडधूप ?
के तिमी सुनिरहेका छैनौ
लकडाउनको घोषणा ?
यसलाई पालना गराउन
सरकारले लगाएको छ 
सम्पूर्ण शक्ति 
तर मजदुरहरू छन्
जो सरकारलाई असफल बनाउने 
षड्यन्त्र गर्दैछन् 
उनीहरू पटक-पटक 
निस्किँदै छन् सडकमा
र गर्दैछन् भोकको कुरा
र गाउँदैछन् भोककै गीत 
उनीहरू मानिरहेका छैनन्
लकडाउनको घोषणा 
सरकारलाई एउटा सुझाव-
सरकार ! बरु एउटा नयाँ अध्यादेश लेऊ 
र भोकमाथि प्रतिबन्ध लगाऊ
                    
        
        
                            
                                                            
        



















