इटहरीः समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएका सभासद सुनसरीको भोक्राहा नरसिंह निवासी शिवनारायण उराँवको ह्दयघातका कारण सोमबार निधन भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मुटुको भल्व फेर्नका लागी सोमबार शल्यक्रिया गर्ने तयारी गरि दुईदिन अगाडी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भर्ना गरिएको थियो । उराँवको सोमबार बिहान ६ बजे शौचालय जाने क्रममा ह्दयघातले निधन भएको नेपाली काग्रेसका नेता योगेन्द्रप्रसाद मेहताले बताए ।
सुनसरीको भोक्राहा नरसिह गाउपालिका ७ स्थित नरसिह घर भएका उराँव नेपाली काग्रेसबाट अगल भएर बनेको तत्कालीन फोरम लोकतान्त्रीकका तर्फबाट संविधान सभामा सभासद भएका थिए ।
नेपाली काग्रेसका तर्फबाट नरसिह गाविसको अध्यक्षमा निर्वाचित समेत भएका उराँव काग्रेसको महासमिती सदस्य तथा उराँव समुदायका अगुवाका रुपमा राजनितिमा सक्रिय रहदै आएका थिए
स्वर्गीय उराँवको धार्मिक परम्परा अनुसार नरसिहमा अन्तेष्टी गरिएको छ ।