इटहरीः लकडाउनका बेला घरमै बसेर नेपाली परिकार सेल रोटी कसरी बनाएर परिवारका सदस्यहरु बीचमा खान सकिन्छ भन्ने बिषयमा एक भिडियो बनाएर आरटीआरके स्कुलका संचालक प्रेम लिम्बूले सामाजिक संजालमा पोष्ट गरेका छन् ।
सो भिडियोमा उनले घरमै रहेका सामाग्रीबाट सजिलो तरिकाबाट स्वादिष्ट सेल रोटी बनाएर खान सकिने देखाएका छन् ।
घरमै रहेको पुरानो भिजाएको चामललाई अलिक फराकिलो चपबोर्डमा सानो ढुंगाको लोहोराले पिस्ने र पानीमा आवश्यक अन्य सामाग्री हालेर उनले भिजाएका छन् ।
रोटीका लागि तयार भएको पिठोलाई घरमै आँगो चुल्होमा पकाएर तयार पारेका छन् । उनले सो सेलरोटी घरमै बनाएको स्वादिष्ट अचार, मोही, अकबरे खोर्सानी संग स्वादले खान सकिने भिडियो निर्माण गरेका छन् ।
प्रदेश नम्बर एकमै किराती परिकार बनाएर चर्चामा उनले नेपालका सबै जाति जनजातिहरुले बनाउने खानाका परिकारहरुको आ आफ्नै बिषेता भएकाले ती खानाहरुलाई विश्वसामु पुर्याउन उनले जरुरी ठानेका छन् ।