धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीका लागि आबश्यक पर्ने नियमित औषधीहरु घर घरमै उपलब्ध गराउने भएको छ ।
कोरोना संक्रमणवाट जोगिन सरकारले लगाएको लकडाउनले स्थानियलाइ आबतजाबतमा समस्या भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । महालक्ष्मी नगर क्षेत्रमा सामान्य औसधि बाहेक अन्य औसधि पाइदैन । अन्य औसधिको लागि धनकुटा सदरमुकाम सहित धरान इटहरी बिराटनगरको भरपर्नुपर्ने बाध्यता छ । यस्तोमा सुगर, प्रेसर, मुटु बाथ लगाए नगरक्षेत्रमा नपाइने औसधि बाहिरवाट त्याएर घर घर पुर्याउने ब्यबस्था मिलाएको नगरप्रमुख पर्शराम नेपालले जानकारी दिए ।
औसधि सकिनु एक हप्ता अगाडीनै बिरामीका परीवारले डाक्टरले दिएको प्रेक्कीप्सन र पैसा नगरपालिकामा बुझाउनु पर्ने छ । सोहि अनुसार नगरपालीकाले औसधि ल्याएर वडा कार्यलय मार्फत घरमै औसधि पुर्याइने नगरपालिकाका कार्यकारी अधिकृत सुर्य सुबेदीले बताए । औसिध ल्याउने जिम्मा नगरपालिकाले स्थानिय स्वास्थ्यचौकीका हेल्थ असिष्टेन प्रेम प्रसाद भट्टराइलाइ जिम्मा लगाएको छ ।