इटहरीः धरान उपमहानगरले पत्रै काटेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पदाधिकारी, डाक्टर र कर्मचारीसंग चन्दा मागेको छ । धरान उपमहानगरले प्रतिष्ठानका उपकुलपतिका नाममा आइतवार पत्र काट्दै चन्दा माग गरेको हो । 

मेयर तिलक राईले हस्ताक्षर गरेको पत्रमाा लकडाउनका कारण दैनिक ज्यालादारीका काम गर्ने र अति विपन्न परिवारलाई खाद्यन्नाह अभाव हुने भएको जनाउदै चन्दा माग गरिएको छ । पत्रमा प्रतिष्ठानका पदाधिकारीहरुको मासिक तलबको १५ प्रतिशत र डाक्टर तथा अन्य कर्मचारीहरुको मासिक तलबबाट १० प्रतिशत रकम (पारिश्रमिक) राहत कोषणमा उपलब्ध गराई दिन अनुरोध गरिएको छ ।  उपकुलपतिलाई लेखिएको पत्रको बोधार्थ फ्याकल्टी अफ मेडिसिन, कलेज अफ डेन्टल सर्जरी, कलेज अफ नर्सिङ, स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी र कर्मचारी कल्याण मञ्चलाई पनि दिइएको छ । बाहिरिएको पत्र चै स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटीलाई बोधाई दिएको हो ।

धरान उपमहानगरले प्रतिष्ठानलाई पत्र पठाएपछि कार्यबहाक उपकुलपति डा. गुरु खनाल लगायत प्रतिष्ठानमा कार्यरत अन्य पदाधिकारी, डाक्टर तथा कर्मचारीहरु असन्तुष्ट बनेका छन् । आज बिहान मेयर राईले पठाएको पत्र सामाजिक संजालमार्फत सार्वजनिक भएसंगै उपमहानगर र मेयरको आयोचना शुरु भएको छ ।
वीपी प्रतिष्ठानमा पदाधिकारी, डाक्टर र कर्मचारी गरि हाल ३ हजार २ सय कार्यरत छन् । धरान उपमहानगरले तोके अनुसार १५ र १० प्रतिशत पारिश्रमिक दिने हो करिब भने १ करोड ५० लाख हुने प्रतिष्ठान प्रशासन श्रोतले बताएको छ । प्रतिष्ठानले उपमहानगरले मागेको पारिश्रमिक दिन नसकिने बताएको छ । प्रतिष्ठान प्रशासनका एक कर्मचारीले भन्यो उपमहानगरले नतोकी आवश्यक सहयोग गरिदिनु हुन भनेर पत्र लेखेको भए केही विचार गर्न सक्ने अवस्था आउने थियो । तर कोरोना संक्रमणको जोखिम बोलेर जनताको स्वास्थ्य सेवामा दिन रात नभिन खटिरहने डाक्टर र कर्मचारीको तलबको प्रतिशत नै तोकेर माग्नु जायज नभएको टिप्पणी गरे । यसबेला त उल्टै उपमहानगरले प्रोत्साहन स्वरुप डाक्टर र कर्मचारीलाई आवश्यक सहयोग गर्नु पर्ने उनको भनाई छ ।